IME Life New

अन्तर्राष्ट्रिय सम्मेलनमा बीमाकर्मी सुवेदीको कार्यपत्र, बीमामा महिलाबारे अनुसन्धान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  भारतको पहिलो व्यवस्थापन कलेज, जेभियर स्कूल अफ म्यानेजमेन्टको  ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा नेपाली बीमाकर्मी इन्द्रराज सुवेदी सम्मानित भएका छन् । भारतको पुरानो मध्येको र अन्तर्राष्ट्रियरुपमा समेत प्रतिष्ठित व्यवस्थापन स्कूलले माघ १९ र २० गते  “इनाब्लिङ सोसल एण्ड बिजनेश रेस्पोन्सिबिलिटी इन आवर ग्लोबलाइज्ड वर्ल्ड” विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो ।

जेआरडी टाटा फाउण्डेशन फर विजनेश इथिक्ससँगको सहकार्यमा भारतको जमशेदपुरमा आयोजित सम्मेलनमा हिमालयन लाइफका मधेश प्रदेश प्रमुख इन्द्रराज सुवेदीले नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागिता जनाएका थिए। उनले सम्मेलनका अवसरमा “नेपालमा महिलाको लागि जीवन बीमा उत्पादनको प्रभावकारिता र पहुँच” शीर्षकको अनुसन्धान पत्र प्रस्तुत गरेका थिए। कलेजले अन्तर्राष्ट्रिय सम्मेलन विशेषांकका रुपमा प्रकाशन गरेको बुक्स अफ एब्सट्रयाक्टमा पनि उनको शोधपत्रको संक्षिप्त विवरण समावेश गरिएको छ।

Esewa
Crest

उक्त अन्तर्राष्ट्रिय सम्मेलनको सह- आयोजक हेडर कलेज अफ बिजनेश, क्रेगटन युनिभर्सिटी,ओमाहा, युएसए इन्स्टिच्युट अफ बिजनेश इथिक्स एण्ड सस्टेनेबिलिटी, लोयोला मेरिमाउण्ट युनिभर्सिटी लस एन्जल्स,युएसए सेन्टर फर इथिकल एण्ड सोसलि रेस्पन्सिबल लिडरशीप, एलि ब्रोड कलेज अफ बिजनेश मिचिगन स्टेट युनिभर्सिटी,युएसएस थियोलोजिस फ्याकलट्याट, युनिभर्सिटी अफ इन्सब्रक अष्ट्रिया विश्व प्रसिद्ध शिक्षण संस्थाहरुको सहभागिता रहेको थियो ।

सम्मेलनले आजको अन्तर सम्बन्धित संसारमा नैतिकता, दीगोपन र जिम्मेवार नेतृत्वका महत्वपूर्ण मुद्दामा छलफल गरेको बीमाकर्मी सुवेदीले जानकारी दिए।

एक दशकभन्दा लामो समयदेखि विशेष गरी जीवन बीमा क्षेत्रमा सकृय सुवेदी हाल भारतको अलिगढस्थित मंगलायतन विश्वविद्यालयबाट पिएचडी (बिध्यावारिधी) उपाधी प्राप्त गर्नका लागि नेपालको बीमा क्षेत्रका सम्बन्धमा विशेष शोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

38%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS