IME Life New

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन’ विटुमिन ब्रान्ड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरु प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ यही २०८० साल माघ १८ देखि २१ गतेसम्म काठमाडौंस्थित भृकुटी मण्डपमा प्रदर्शनी भइरहेको छ ।

प्रदर्शनीको मुख्य आकर्षणका रुपमा एचआर गोयल ग्रुपको विटुमिन स्टल नं. ०–०२३ रहेको छ । उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, एमवाईके आरमेन्टका उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि प्रदर्शनीमा राखिएका छन् ।

Crest

बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्व स्तरीय गुणस्तर भएको भीजी १० तथा भीजी ३० क्वालिटीको डल्फिन ब्रान्डको विटुमिन नेपालमा एचआर गोयल ग्रुपअन्तर्गतको अरविन्द इम्पोरियम प्रालिले मात्र आयात गरी नेपालका विभिन्न स्थान र क्षेत्रहरुमा निर्माणाधिन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपूर्ति तथा बजारीकरण गर्दै आइरहेको छ । डल्फिन ब्रान्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियमले आयात र बिक्रीवितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र बिक्रीवितरण गर्दै आइरहेको छ ।

विटुमिनका साथै एचआर गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने एमवाईके आरमेन्टका विभिन्न उत्पादनसमेतको आधिकारिक बिक्रेता रही नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ । एमवाईके आरमेन्टका उत्पादनहरु जसले विभिन्न ठूला निर्माण परियोजनाहरुमा संरचनाको आवश्यकताअनुसार हाई ग्रेड कंक्रिट बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुदै आईरहेको छ । उक्त सामानहरुको बारेमा स्टल नं. ०–०२३ मा भिजिट गरी थप जानकारी लिन, सामानको अर्डर तथा बुकिङ गर्नसमेत सकिनेछ । डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख सहरहरु विराटनगर, वीरगन्ज, भैरहवा तथा नेपालगन्जमा रहेका छन्।

यसका साथै विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरुको लागि अरविन्द इम्पोरियमले निःशुल्क ल्याबपरीक्षण गर्ने सुविधासमेत उपलब्ध गराउनुका साथै विटुमिन खरिद गर्ने ग्राहक तथा उपभोक्ताका लागि विज्ञ प्राविधिकमार्फत निःशुल्क रुपमा बिक्रीपछिको सेवासमेत उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS