IME Life New

भारतको प्रतिबन्धले पाकिस्तान मालामाल, रेकर्ड स्तरमा चामलको निर्यात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि पाकिस्तानलाई ठूलो फाइदा भएको छ। पाकिस्तानको चामल निर्यात यस वर्षको जुनसम्ममा रेकर्डस्तरमा पुग्ने सम्भावना छ।

भारतको निकासीमा लगाइएको प्रतिबन्धका कारण विश्वका क्रेताहरुले पाकिस्तानको इस्लामावादबाट मात्र चामल किन्नुपरेको छ। पाकिस्तानी चामलको माग बढ्दै गएकोले त्यसको प्रत्यक्ष असर मूल्यमा पनि परेको छ। जसको नतिजा पाकिस्तानले पछिल्लो १६ वर्षमा सबैभन्दा बढी चामलको मूल्य पाएको छ।

Esewa
Crest

भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो। भारत सरकारले गत वर्ष भारतबाट चामल निकासीमा प्रतिबन्ध लगाएको थियो। विश्व चामलको व्यापारमा ४० प्रतिशत हिस्सा रहेको भारतले गत वर्ष गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएर परमल चामलको निर्यातमा भन्सार लगाएर अप्रत्याशित कदम चालेको थियो। यसबाट पाकिस्तानले फाइदा उठाइरहेको छ र घट्दो विदेशी मुद्रा सञ्चितिमा राहत पाएको छ।

पाकिस्तानको चामल निर्यातकर्ता संघका अध्यक्ष चेलाराम केवलानीले केही महिनायता चामलको माग बढेको बताए। ‘यसको मुख्य कारण भारतले निर्यातमा लगाएको प्रतिबन्ध हो’, उनले भने, ‘सन् २०२३–२४ मा पाकिस्तानको निर्यात ५० लाख टन पुग्न सक्छ भन्ने हाम्रो विश्वास छ। जुन गत वर्षको ३७ लाख टनभन्दा धेरै हो।’

यसैबीच पाकिस्तानका केही उद्योग अधिकारीहरु यस वर्ष उत्पादनमा उल्लेख्य सुधारका कारण निर्यात ५२ लाख टन पुग्ने बताउँछन्। उच्च उत्पादन र उच्च विश्वव्यापी मूल्यले पाकिस्तानलाई द्रुत गतिमा निर्यात गर्न अनुमति दिइरहेको छ। डिसेम्बरमा मात्रै पाकिस्तानले करिब ७ लाख टन चामल निर्यात गरेको थियो। इन्स्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेसन कराँचीका प्राध्यापक आदिल नाखोडा भन्छन्, ‘पाकिस्तानले यस वर्ष चामल निर्यातबाट ३ अर्ब डलरभन्दा बढी आम्दानी गर्न सक्छ, जुन गत वर्षको २.१ अर्ब डलरभन्दा धेरै हो।’

परम्परागत रुपमा भारतले पाकिस्तानभन्दा कम मूल्यमा गैरबासमती चामल उपलब्ध गराउँछ। जसका कारण भारततर्फ बढी खरिदकर्ता आउन थालेको छ भने भारत बजार बाहिर भएकाले खरिदकर्ताहरु पाकिस्तानतर्फ लागेका छन्। जसका कारण पाकिस्तानमा चामलको उच्च उत्पादन भए पनि मूल्य विस्तारै बढिरहेको छ।

मुख्यतया पाकिस्तानले गैरबासमती चामल इन्डोनेसिया, सेनेगल, माली, आइभोरी कोस्ट र केन्या र प्रिमियम बासमती चामल युरोपेली संघ, कतार र साउदी अरबमा निर्यात गर्दै आएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%
happy

खुसी

6%
sad

दु :खी

9%
amazed

अचम्मित

1%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS