IME Life New

विश्वकै ठूलो क्रुज निस्कियो पहिलो यात्रामा, पानीजहाजभित्र छन् ४० वटा रेस्टुरेन्ट अनि ७ वटा स्विमिङ पुल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विश्वको सबैभन्दा ठूलो क्रुज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो।

‘आइकन अफ द सिज’ नामक यो क्रुज जहाज ३६५ मिटर (१ हजार १९७ फिट) लामो छ। यसमा २० डेक छन् र ७ हजार ६०० यात्रुले एकैसाथ यात्रा गर्न सक्छन्।
यो क्रुज रोयल क्यारिबियन समूहको हो। आफ्नो पहिलो यात्राका क्रममा क्रुज जहाजले सात दिनको यात्रा पूरा गर्नेछ।

Esewa
Crest

यो जहाजमा सातवटा स्विमिङ पुल छन्। यसबाहेक यसमा ६ वाटरस्लाइड, ४० रेस्टुरेन्ट, बार र लाउन्ज छन्। जहाजमा सेन्ट्रल पार्क नामको एउटा सानो बगैचा पनि छ। जसमा प्राकृतिक रुख र बिरुवा रोपिएका छन्। यस निकुञ्जको माथि पौडी खेल्नेको मूर्ति स्थापना गरिएको छ।

वातावरणविद्हरुले भने यो जहाजको विरोध गरिरहेका छन्। एलएनजीमा चल्ने यो जहाजले समुद्रमा ठूलो मात्रामा मिथेन उत्सर्जन गर्ने उनीहरुको दाबी छ।

जहाजमा प्रयोग हुने परम्परागत समुद्री इन्धनको तुलनामा एलएनजी राम्रो र कम प्रदूषणकारी छ तर यो चुहावट हुने खतरा हुन्छ। तर, रोयल क्यारेबियन समूहका प्रवक्ताले आधुनिक जहाजको अन्तर्राष्ट्रिय सामुद्रिक मापदण्डअनुसार यो जहाजले २४ प्रतिशत कम ग्यास उत्सर्जन गर्ने दाबी गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS