IME Life New

चीनको ‘वर्ल्ड फ्याक्ट्री’को ताज खतरामा, बेरोजगारी रेकर्ड स्तरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रि–कोभिडकालमा विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्र भएको चीन आफ्नो अर्थ व्यवस्थालाई पुनः लयमा फर्काउन धेरै प्रयास गर्दा पनि सफल भइरहेको छ। अहिले अवस्था यस्तो बनेको छ कि चीनको ‘वर्ल्ड फ्याक्ट्री’को ताज खतरामा परेको छ।

चाखलाग्दो कुरा के छ भने चीनले अर्बौं डलर लगानी गरेको पाकिस्तान अहिले पनि आर्थिक संकटको फसेको छ। अहिले चीनले माल्दिभ्समा २ अर्ब डलरको लगानी गरेको छ।

Esewa
Crest

चीनले १० महिनामा पहिलोपटक प्रमुख ब्याजदर घटाएको छ। चीनले कोभिडपछि रिकभरीको गति बढाउन यो कदम चालेको हो। तर, यसबाट पनि वृद्धिदरले गति लिन सकेन भने आगामी दिन चीनका लागि निकै कठिन साबित हुनेछन्। अब चीनसँग ब्याजदर घटाउने सम्भावना कम छ।

चीनको यो आर्थिक संकट धेरै हदसम्म ब्याजदर नीतिको परिणाम हो। सुरुमा चीनले बचतमा निकै कम ब्याजदर राखेको थियो र आफ्ना मनपर्ने व्यवसायीलाई सस्तो ऋण वितरण गरेको थियो। चिनियाँ सरकारको यी नीति र बचतमा कम ब्याजका कारण मानिसहरुले पैसा बैंकमा जम्मा गर्नुको सट्टा घरमै बचत गर्न थालेका छन्। जसका कारण त्यहाँको उपभोक्ता खर्च घट्यो र क्षमताभन्दा कम मागले त्यहाँको उत्पादनलाई असर गर्न थाल्यो।

जीडीपीको ४० प्रतिशतबराबरको रकम चीनमा लगानी भइरहेको छ। यो लगानीको हिसाबले निकै ठूलो संख्या हो। विशेषगरी चीनको औसत उमेर वृद्धिलाई हेर्दा यसलाई नराम्रो निर्णय मान्न सकिन्छ। सन् २००० को प्रारम्भमा यो दर चीनको युवा जनसंख्याका लागि राम्रो थियो। तर, अब बूढेशकालमा रहेका चिनियाँहरुका लागि यति ठूलो लगानीबाट उत्पादन हासिल गर्न सजिलो छैन।

चीनको अर्थतन्त्रमा संकटको प्रभाव सुस्त आर्थिक वृद्धिदरको रुपमा बाहिर आएको छ। तर, त्यहाँ समस्याको बाहुल्यतालाई ध्यानमा राख्दै चीनको वृद्धिदरको तथ्यांकमा विश्वास गर्न गाह्रो भएको पनि बताइएको छ। चीनमा युवा बेरोजगारी हाल रेकर्ड स्तरमा पुगेको छ। त्यहाँ विदेशी लगानी निरन्तर घट्दै गएको छ। चीनको मुद्रा युआन कमजोर बन्दै गएको छ र निर्यात पनि घटिरहेको छ।

चीनको आर्थिक समस्याको केन्द्र रियल स्टेट क्षेत्र हो। मानिसहरुले अन्य लगानीका क्षेत्रभन्दा रियल स्टेटमा पैसा लगानी गरे। तर, त्यहाँ कर्जा पाउन मुस्किल भएपछि रियल स्टेट बजार पनि धरासायी हुन पुग्यो। हालसम्म चीनको कुल सम्पत्तिको एक तिहाइ हिस्सा रियल स्टेटको थियो। तर, कम मूल्यांकनका कारण चीनले ठूलो घाटा व्यहोर्नुपरेको छ।

चीनमा लाखौं स्नातकहरु रोजगारीको खोजीमा व्यस्त छन्। सहरी क्षेत्रमा ‘ह्वाइट कलर जब’ खोज्नु भनेको हिमाल चढ्नुजस्तै भएको छ। मुलुकमा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका २१ प्रतिशतभन्दा बढी युवा कामको खोजीमा छन्। त्यहाँ रोजगारी संकट यति चर्को बन्दै गएको छ कि बेरोजगारीको तथ्यांक सार्वजनिक गर्न पनि रोकिएको छ। चीनमा यो संकटका कारण त्यहाँको सरकारका धेरै नीतिहरु छन्।

चीनको अर्थतन्त्रले कागजमा देखाएको शक्ति यथार्थमा छैन। यो अझै पनि विकासोन्मुख देश हो। जहाँ विकासको अपार सम्भावना छ। जुन चीनका नीतिनिर्माताहरुको गलत निर्णयले ठक्कर खाइरहेको छ। चीनको औसत वार्षिक आय १२ हजार ८५० अमेरिकी डलर छ र यहाँका करिब ४० प्रतिशत जनता अझै पनि ग्रामीण क्षेत्रमा बस्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS