IME Life New

निर्जीवन बीमा व्यवसायमा ३ कम्पनीको बजार हिस्सा १०% माथि हुँदा अरुको कति ? (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनासम्म अर्थात् ६ महिनामा नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीले १९ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

ती कम्पनीमध्ये पुस महिनासम्म शिखर इन्स्योरेन्सले सर्वाधिक बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। १४ निर्जीवन बीमकमा शिखरको बजार हिस्सा १२.६४ प्रतिशत रहेको छ।

Esewa
Crest

त्यस्तै दोस्रो सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। सगरमाथा लुम्बिनीको बजार हिस्सा १२.१० प्रतिशत रहेको छ।

त्यस्तै सर्वाधिक बीमाशुल्क आर्जन गर्ने तेस्रो कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। सिद्धार्थ प्रिमियरको बजार हिस्सा १०.१७ प्रतिशत रहेको छ।

निर्जीवन बीमकमध्ये सबैभन्दा कम नेसनल इन्स्योरेन्सले बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ६१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। नेसनल इन्स्योरेन्सको बजार हिस्सा ३.१७ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS