IME Life New

आपतकालीन अक्जिसन बिनै उडान भरेपछि एयर इन्डियालाई १.१० करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय हवाई उड्डययन निगरानी संस्थाले हवाई सुरक्षित नियम उल्लंघन गरेकोमा एयर इन्डियालाई भारु १ करोड १० लाख जरिवाना गरेको छ। नियामकले अमेरिकाका लागि उडान भर्ने भाडाको बोइङ ७७७ को सञ्चालनको सम्बन्धमा गम्भीर सुरक्षा उल्लंघनका लागि एयर इन्डियामाथि भारी जरिवाना तोकेको हो। एयर इन्डियाले भने यो जरिवानाविरुद्ध अपिल गर्ने भएको छ।

एयर इन्डिया यो साता दोस्रोपटक नियामकीय जरिवानामा परेको हो। एयर इन्डियाका एक पूर्वपाइलटले आपतकालीन अक्जिन आपूर्ति प्रणाली बिना नै अमेरिकामा बोइङ ७७७ विमान सञ्चालन गरेको आरोपमा उजुरी गरेका थिए। सोही उजुरीमाथि अनुसन्धान गर्दै नागरिक उड्डयन महानिर्देशनालय एयर इन्डियासँग स्पष्टीकरण पनि माग गरेको थियो।

Esewa
Crest

स्पष्टीकरण सन्तोषजनक नभएपछि नियामकले एयर इन्डियामाथि जरिवाना भराउने निर्णय गरेको हो। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS