IME Life New

एप्पलको पहिलो इलेक्ट्रिक कार सन् २०२८ मा आउने, टेस्लामा जस्तै अटोमेसन ड्राइभ सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले सन् २०२८ मा आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने भएको छ। यसअघि कम्पनीले सन् २०२६ मा पूर्णतया अटोमोटिभ ड्राइभ अप्सनसहितको स्टियरिङ ह्विल बिनाको ईभी बजारमा ल्याउन लागेको थियो।

ब्लुमबर्ग रिपोर्टका अनुसार कम्पनीले आफ्नो लन्चिङ रणनीति परिवर्तन गरेको छ। एप्पलले अब सेमी–अटोमेटिक ड्राइभ अप्सनका साथ आफ्नो पहिलो ईभी लन्च गर्नेछ। एप्पलले अब टेस्ला र अन्य विद्युतीय सवारीजस्तै अटोमोटिभ ड्राइभको लेभल २ सिस्टमका साथ कार विकास गरिरहेको छ।

Esewa
Crest

एप्पलका उपाध्यक्ष केभिन लिन्चले सन् २०२१ देखि यस परियोजनाको नेतृत्व गरिरहेका छन्। लिन्चको निर्देशनमा कम्पनीले आफ्नो पुरानो रणनीति परिवर्तन गरेको छ। यसमा अटोपाइलट प्रणाली भए पनि ड्राइभरले ड्राइभिङ गर्दा आवश्यक परे कार नियन्त्रण गर्न तयार हुनुपर्छ। यसअघि यसलाई लेभल फोर प्लस अटोमेसनका साथ विकास गर्ने योजना थियो।

लेभल २ ड्राइभिङ सिस्टम आंशिक सेल्फ ड्राइभिङ (एफएसडी) प्रणाली हो। यस उन्नत ड्राइभिङ सहायता प्रणाली (एडीएएस) मा कारले प्राथमिक ड्राइभिङ कार्यहरु ह्यान्डल गर्दछ। जहाँ लेभल ४ अटोमेसन ड्राइभिङ टेक्नोलोजीमा कार पूर्ण रुपमा अटो ड्राइभ मोडमा चल्छ। यसमा चालकको भूमिका अप्सनल हुन्छ। अर्थात् स्टेयरिङदेखि गियर, क्लच, ब्रेकिङ सिस्टम सबै अटोमेटिक छन्। यद्यपि, दुवै ड्राइभिङ लेभलमा चालकले आवश्यक भएमा म्यानुअल रुपमा कार नियन्त्रण गर्न सक्छ। स्वचालित ड्राइभ मोड लेभल ६ मा जान्छ। यसमा लेभल ६ पूर्ण रुपमा अटोमेटिक हुन्छ।

यसअघि कम्पनीले आफ्नो ईभीको लन्च मिति २०१९, २०२० र २०२६ मा तय गरेको थियो। कम्पनीले लेभल फोर प्लस अटोमेसनबाट लेभल टु प्लसमा सर्नुका कारण अटोमेटिक ड्राइभिङ र विश्वव्यापी नियामकसँग सम्बन्धित कुराहरुलाई ध्यानमा राख्दै आएको छ। तर, कम्पनीले भविष्यमा थप अटोमेटेड गाडी ल्याउन सक्ने विज्ञहरुको विश्वास छ।

यसअघि सन् २०१५ देखि अनुसन्धानमा रहेको ‘टाइटन’ नामको यो प्रोजेक्टमा टोलीले अहिलेसम्म कुनै भिजुअल प्रोटोटाइप तयार गरेको छैन। प्रतिवेदनका अनुसार कम्पनीको बोर्डले सीईओ टिम कुकलाई चाँडै आयोजनाको ठोस योजना बनाउन वा बन्द गर्न दबाब दिइरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS