IME Life New

अब भारतका सबै अस्पतालमा बीमितलाई क्यासलेस उपचार सेवा, नगद बोक्नुपर्ने झन्झटको अन्त्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतका बीमितले अब देशका जुनसुकै अस्पतालमा क्यासलेस (नगदरहित) उपचार गर्न पाउने भएका छन्। यसको मतलब यो हो कि यदि बीमित बिरामी परेमा कुनै पनि अस्पतालमा उपचार गर्न नगद तिर्नुपर्दैन।

अब बीमा कम्पनीले नै बीमितको उपचारको सम्पूर्ण खर्च बीमा कभरबाट अस्पताललाई नगदरहित रुपमा भुक्तानी गर्नेछ। यो सुविधा आज जनवरी २५ देखि लागू भएको छ।

Esewa
Crest

जनरल इन्स्योरेन्स काउन्सिलले बुधबार (२४ जनवरी)बाट ‘सबै ठाउँमा नगदरहित’ नामक नयाँ पहल सुरु गरेको छ । उक्त जानकारी काउन्सिलका अध्यक्ष तपन सिंघलले दिएका हुन् । काउसिन्सलको भारतीय बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) द्वारा सन् २००१ मा गठन गरिएको थियो। यसले आईआरडीएसआई र जीवन बीमा उद्योगबीच लिंकका रुपमा काम गर्दछ।

यसअघि भारतमा बीमिले आफ्नो बीमा कम्पनीले अस्पतालसँग सम्झौता गरेको अवस्थामा मात्रै यो सुविधा पाउँथे। यदि बीमा कम्पनीले अस्पतालसँग सम्झौता नगरेको खण्डमा बीमितले यो सुविधा पाउँदैनथे। उपचार खर्च बीमितले आफ्नो खल्तीबाट तिर्नुपथ्र्यो। उक्त खर्च बीमितले दाबीमार्फत मिलाउनुपथ्र्यो।

काउन्सिलका स्वास्थ्य बीमा निर्देशक सेगर सम्पथकुमारले आजदेखि बीमा कम्पनीहरुले हरेक अस्पतालमा यो सुविधा उपलब्ध गराउने बताए । हाल करिब ६३ प्रतिशत मानिसले टाई–अप अस्पतालमा नगदरहित सुविधाको लाभ उठाइरहेका थिए। तर, ३७ प्रतिशत भारतीय जनता अझै पनि यो सुविधाबाट वञ्चित थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS