IME Life New

साउदीलाई पछि पार्दै रुस बन्यो चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबियालाई उछिन्दै रुस चीनको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बनेको छ। चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हो।

सन् २०२३ मा चीनले रुसबाट रेकर्ड १०.७ करोड टन कच्चा खरिद गरेको छ। जुन २०२२ को तुलनामा एक चौथाइले बढी हो। चीनले गत वर्ष साउदी अरेबियाबाट ८ करोड ६० लाख टन कच्चा तेल खरिद गरेको थियो। २०१८ पछि यो पहिलो पटक हो कि रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ।

Esewa
Crest

गत वर्ष चीनले रुसबाट दैनिक २१.५ लाख ब्यारेल कच्चा तेल किनेको थियो। भारतले गत वर्ष रुसबाट दैनिक १७.९ लाख ब्यारेल कच्चा तेल किनेका थियो। यो २०२२ को तुलनामा झन्डै दोब्बर हो।

पश्चिमी देशहरुले रुसी तेलमा प्रतिब्यारेल ६० डलरको मूल्य तोकेका छन्। तर चिनियाँ कम्पनीहरुले रुसबाट योभन्दा महँगो मूल्यमा तेल खरिद गरिरहेका छन्। यसको कारण यो तेल ल्याउन चीनका लागि सस्तो परिरहेको छ। यसको ढुवानी मार्ग एकदम छोटो छ। यसको तुलनामा साउदी अरबको तेल चीनका लागि महँगो बन्दै गएको छ भने इरानसँग हालसालै विवाद भएको छ। यही कारण रुसी तेलको माग बढेको हो।

गत वर्ष चीनले रुसबाट ६०.६ अर्ब डलरको कच्चा तेल किनेको थियो। यसको औसत मूल्य प्रतिब्यारेल ७७ डलर थियो।

गत वर्षको तथ्यांकअनुसार चीनलाई तेल आपूर्ति गर्नेमा इराक तेस्रो र मलेसिया चौथो स्थानमा छ। चिनियाँ सरकारी तथ्यांकमा इरानबाट आयात गरिएको तेललाई दक्षिणपूर्वी एसियाली देशबाट आउने कच्चा तेलका रुपमा देखाइएको छ। रुस पनि गत वर्ष चीनलाई सबैभन्दा ठूलो इन्धन तेल आपूर्तिकर्ता थियो। चीनलाई ९६ लाख टन इन्धन तेल बेचेको छ। मलेसिया ६९.३ लाख टनसहित दोस्रो स्थानमा छ।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। तर, उसले आफूलाई चाहिने अधिकांश तेल आयात गर्छ। युक्रेन युद्धपछि पश्चिमी देशहरुले रुसबाट तेल आयात गर्न बन्द गरेका थिए। त्यसयता रुसले चीन र भारतलाई ठूलो मात्रामा तेल बिक्री गर्दै आएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS