IME Life New

बंगलादेशमा बीमकले मुद्दती निक्षेपको धितोमा कर्जा लिन थालेपछि नियामकले गरायो सचेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब‌ंगलादेशी बीमा नियामकले मुद्दती निक्षेप धितो र चुक्ता पूँजी कर्जाका विषयमा बीमा कम्पनीहरुलाई कडा निर्देशन जारी गरेको छ। नियामकले मुद्दती निक्षेप रसिद वा शेयर पूँजीको धितोमा कुनै पनि बै‌ंक तथा वित्तीय स‌ंस्थाबाट ऋण सुविधा उपभोग नगर्न निर्देशन जारी गरेको हो ।

कमजोर आर्थिक सुशासनबाट ग्रसित बीमा कम्पनीहरुले वित्तीय श्राेतको दुरुपयोग गर्दै मुद्दती निक्षेप रसिद र शेयर पूँजीवापत बैंकबाट कर्जा उपभोग गर्न थालेपछि नियामकले यस्तो निर्देशन जारी गर्नु परेको हो । नियामकले परिपत्र मार्फत् बैंक तथा वित्तीय संस्थालाई समेत बीमा कम्पनीहरुमा ऋण लगानी गर्दा नियामकको निर्देशनको ख्याल गर्न सचेत गराएको छ।

Esewa
Crest

ब‌ंगलादेशको बीमा ऐन २०१० को दफा २१(२) मा चुक्ता पूँजीवापतको रकमलाई सूचीकृत बै‌ंकमा अन्य कुनै पनि दायीत्व भुक्तानी प्रयोजनका लागि प्रयोग नहुने गरी निक्षेपका रुपमा जम्मा गर्नुपर्ने प्रावधान छ । यस्तो प्रावधानका विपरित हालै केही बंगलादेशी बीमकले चुक्ता पूँजी वापतको रकम निक्षेपको धितोमा कर्जा उपभोग गरेको प्रमाण फेला परेपछि नियामकले सचेत गराएको हो । इन्स्योरेन्स न्यूज बंगलादेशका अनुसार बै‌ंक निक्षेपवापतको रसिद नियामक समक्ष पेश गर्नुपर्नेमा बीमकले पेश गर्न आनाकानी गर्दै आएका छन् ।

चुक्ता पूँजीवापतको मुद्दती रसिदको धितोमा मात्र नभएर अन्य मुद्दती निक्षेपको धितोमा समेत बीमा कम्पनीहरुले कर्जा सुविधा उपभोग गरिरहेको फेला परेको छ। नियामकले बदमाशी फेला पारेपछि बीमकहरुले बीमितको बीमा दाबी प्रयोजनका लागि कर्जा लिइएको दाबी गरेका छन् ।

लगानी निर्देशिका अनुसारको लगानी गर्नुपर्नेमा लगानीवापतको रकममा समेत कर्जा लिएर लगानी निर्देशिकाको समेत बीमकले उलंघन गरेका छन् । कुनै लगानीको धितोमा कर्जाको दायीत्व सिर्जना गरिएको अवस्थामा त्यस्तो लगानीलाई वास्तविक अर्थमा लगानी मान्न सकिन्न। यस्तो अवस्थामा बीमकले मुद्दती निक्षेप रसिदलाई जुनसुकै बेला दुरुपयोग गरेर कर्जा लिने जोखिम कायमै रहन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS