IME Life New

भारतीय शेयर बजारः धेरै सब्सक्रिप्सन देखाउन आइपीओमा गडबडी, फर्जी खाताबाट चलखेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा सूचीकृत कम्पनीहरुको आइपीओलाई लिएर ठूलो खेल चलिरहेको छ। शेयर बजार नियामक सेबीले आइपीओ सब्सक्रिप्सनमा भइरहेको अनियमितताबारे खुलासा गरेको हो। अहिले दुईवटा आइपीओमाथि सेबीले छानबिन गरिरहेको छ।

सेबी अध्यक्ष माधवी पुरी बुचले अनियमिततामा केही ठूला मर्चेन्ट बैंकरको नाम पनि बाहिर आएको बताइन्। यद्यपि, उनले कसैको नाम भने खुलाएकी छैनन्।

Esewa
Crest

सेबीले आइपीओ सदस्यता डाटा वृद्धि गर्ने त्यस्ता मर्चेन्ट बैंकरहरुको अनुसन्धान गरिरहेको जनाएको छ। जसले आइपीओ सब्सक्रिप्सन डाटा बढाइचढाइ देखाइरहेका छन्। सेबीले यस्ता मर्चेन्ट बैंकरहरुमाथि कारबाही गर्ने आश्वासन पनि दिएको छ।

सेबी अध्यक्ष बुचले आइपीओको बोलपत्रमा फर्जी खाताको प्रयोग भइरहेको बताइन्। उनले त्यस्ता खाताबाट पहिले आइपीओ सब्सक्रिप्सन डाटा बढाउनका लागि आवेदन दिइन्छ र पछि अस्वीकार हुने गरकोबताइन्। फर्जी खाता अरु कसैको नाममा जालसाजी गरेर खोलिने गरेको बुचले जानकारी दिइन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS