IME Life New

जी–२० राष्ट्रमध्ये भारतको बीमा क्षेत्रले तीव्रगतिमा फड्को मार्ने स्विस रिको प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्विस रिले जी–२० राष्ट्रमध्ये भारतको बीमा क्षेत्र तीव्रगतिमा अगाडि बढ्ने प्रक्षेपण गरेको छ।

स्विस रि इन्स्टिच्युटले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०२८ सम्म जी–२० राष्ट्रमध्ये भारतको बीमा क्षेत्रले फड्को मार्ने प्रक्षेपण गरेको हो। टर्म लाइफ कभर र युवा जनसंख्या बढ्नुले पनि भारतको जीवन बीमा व्यवसायमा तीव्रता आउने स्विस रिको अनुमान छ।

Esewa
Crest

भारतको जीवन बीमा व्यवसायको प्रिमियम संकलन सन् २०२४ देखि २०२८ सम्मको अवधिमा ६.७ प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ। भारतको मध्यवर्गी परिवारमा टर्म लाइफ कभरको माग बढ्नु, युवा जनसंख्या बढ्नु र कम्पनीहरुले इन्स्योरटेक ग्रहण गर्नुले भारतको जीवन बीमा व्यवसायमा प्रगति हुने स्विस रिको प्रक्षेपण छ।

वास्तविक अवस्थामा भारतको कुल बीमाशुल्क आर्जन ७.१ प्रतिशतले बढ्ने स्विस रिको प्रतिवेदनमा उल्लेख छ। वैश्विकस्तरको बीमाशुल्क आर्जन भने २.४ प्रतिशतमात्र रहने अनुमान गरिएको छ।

भारतको निर्जीवन बीमा व्यवसायको प्रिमियम कलेक्सन भने सन् २०२४ देखि २०२८ सम्म वार्षिक औसत ८.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। भारतको आर्थिक वृद्धिदर, सरकार र बीमा नियामकको सहयोगमा बीमा व्यवसाय क्षेत्रमा लगातार सुधारको अपेक्षा पनि गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS