IME Life New

इराकबाट टर्की जाँदै गरेको तेल ट्यांकर इरानको कब्जामा, महँगियो इन्धनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानले बिहीबार बिहान ओमानको तट नजिकै इराकबाट टर्कीतर्फ तेल बोकेको जहाजलाई नियन्त्रणमा लिएको छ । यो घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब २ प्रतिशतले बढेको छ।

हुथी विद्रोहीको आक्रमणका कारण लालसागरमा आवतजावतमा परेको अवरोधका कारण समस्यामा परेका पश्चिमा देशहरुमध्ये विशेषगरी बेलायतको समस्या इरानको यो कारबाहीले थप बढ्न सक्ने देखिएको छ। यी समस्याका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलर र प्राकृतिक ग्यासको मूल्य २५ प्रतिशतले बढ्न सक्ने बेलायतको वित्त विभागले अनुमान गरेको गरेको छ।

Esewa
Crest

युरोप ग्यास आपूर्तिका लागि खाडीका देशहरुमा धेरै निर्भर छ। यस्तो अवस्थामा पछिल्लो घटनापछि इन्धनको भाउ झनै बढ्ने सम्भावना छ।

युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसनका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ७ः३० बजे सैन्य पोसाक लगाएका ४–५ जना नकाबधारी व्यक्तिले ओमानको खाडीमा रहेको इराकको बसराबाट टर्कीतर्फ जाँदै गरेको तेल ट्यांकरलाई नियन्त्रणमा लिएका थिए। इरान ओमानको खाडीको उत्तरमा अवस्थित छ भने ओमान दक्षिणमा अवस्थित छ। यो ट्यांकर ओमानको तटबाट ५० समुद्री माइल टाढा समातेर इरानको बन्दर–ए–जास्क बन्दरगाहमा लगिएको थियो।

ट्यांकरट्रयाकर्स डट कमले यो ट्यांकरलाई सेन्ट निकोलसका रुपमा पहिचान गरेको छ। यसमा मार्शल आइल्यान्डको झन्डा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS