IME Life New

यो देशले ५ गुणाले बढायो पेट्रोलको भाउ, २५%ले महँगियो बिजुली, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। क्युबामा यतिबेला महँगी चरम स्तरमा रहेको छ। यही बेला क्युबाली सरकारले आफ्ना देशवासीलाई ठूलो झट्का दिँदै पेट्रोलको मूल्य बढाउने निर्णय गरेको छ।

क्युबाली सरकारले पेट्रोलको मूल्य ५ गुणाले बढाउने निर्णय गरेको हो। यो निर्णय फेब्रुअरी १ देखि क्युबाभर लागू हुनेछ। अहिलेसम्म त्यहाँ एक लिटर पेट्रोलको मूल्य २५ पेसो (नेरु १३८.५३) थियो। यो निर्णयपछि पेट्रोलको मूल्य बढेर १३२ पेसो (नेरु ७३०.५४) हुनेछ।

Esewa
Crest

क्युबामा हाल प्रिमियम पेट्रोलको मूल्य प्रतिलिटर ३० पेसो थियो। अब यसलाई बढाएर १५६ पेसोमा बेचिनेछ। क्युबाली सरकारले डिजेललगायत अन्य इन्धनको मूल्य पनि ५ गुणाले बढाउने निर्णय गरेको छ। योसँगै बिजुलीको मूल्य २५ प्रतिशतले बढाइएको छ। यसबाहेक प्राकृतिक ग्यासको मूल्य पनि बढ्नेछ।

क्युबाका अर्थमन्त्री भ्लादिमिर रेग्युरोले सरकारले अन्तर्राष्ट्रिय बजारमा इन्धन खरिद गर्दा अमेरिकी डलरमा मात्रै भुक्तानी स्वीकार गर्ने २९ नयाँ पेट्रोल पम्प पनि खोल्ने बताएका छन्। यी उपायले देशको वर्तमान घाटा कम गर्ने र क्युबाले नगद संकटबाट पार पाउने उनको विश्वास छ।

कोरोना महामारी र अमेरिकाले लगाएको कडा आर्थिक प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रको अवस्था नाजुक बनेको छ। क्युबाका जनताले अहिले खाद्यान्न, औषधि र अत्यावश्यक वस्तुको बढ्दो अभावको सामना गरिरहेका छन्।

क्युबा विगत ४ वर्षदेखि गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। ठूलो मात्रामा आयातमा निर्भर यो देश खाद्यान्न, औषधि र अत्यावश्यक वस्तुको अभाव झेल्दै आएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS