IME Life New

निकै चर्चामा छ यो अमेरिकी कम्पनी, ६ दिनमै कमायो १३० अर्ब डलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एआई चिप बनाउने अमेरिकी कम्पनी एनभिडिया कर्प फेरि चर्चामा रहेको छ। सन् २०२३ मा यो कम्पनीको शेयरभाउमा भारी वृद्धि भएको थियो र नयाँ वर्ष २०२४ मा पनि यो क्रम जारी रहेको छ।

सन् २०२४ को पहिलो ६ दिनमा एनभिडिया कम्पनीको बजारपुँजी १३० अर्ब डलरले बढेको छ। अक्टोबर २०२२ को न्यूनतम स्तरपछि यो कम्पनीको शेयरभाउ ४०० प्रतिशतले बढेको छ र यस अवधिमा यसको मार्केट क्याप १ खर्ब डलरले बढेको छ।

Esewa
Crest

गत वर्ष अगस्टमा यो कमपनीको बजारपुँजी पहिलोपटक १ खर्ब डलर पुगेको थियो। आज यो विश्वको छैटौँ ठूलो कम्पनी बनेको छ। यसको बजार पुँजीकरण १.३१२ खर्ब डलर पुगेको छ। कम्पनीको बजार पुँजीकरण मार्क जुकरबर्गको मेटा प्लेटफर्म, एलन मस्कको टेस्ला र वारेन बफेटको बर्कशायर ह्याथवेभन्दा बढी रहेको छ।

ताइवानमा जन्मेका जेन्सेन हुआंगले सन् १९९३ अप्रिलमा यो कम्पनीको स्थापना गरेका हुन्। एनभिडियामा जेन्सेनको ३.५ प्रतिशत शेयर रहेको छ। सुरुमा यो कम्पनीले भिडियो गेम ग्राफिक्स चिप्स निर्माण गथ्र्यो। जब कम्पनीको शेयरभाउ १०० डलर पुग्यो तब हुआंगले आफ्नो हातमा कम्पनीको लोगोको ट्याटु खोपे। ह्वाङ ४७.२ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीव्यक्तिको सूचीमा २६ औँ स्थानमा छन्।

माइक्रोसफ्ट र गुगलजस्ता ठूला टेक कम्पनीबीच एनभिडियाबाट बढीभन्दा बढी चिप्स लिन प्रतिस्पर्धा रहेको छ। साथै, साउदी अरेबिया र यूएईले पनि यो कम्पनीबाट हजारौँ चिप्स खरिद गरिरहेका छन्। च्याटबोट र अन्य उपकरणको बढ्दो प्रवृत्तिका कारण कम्पनीको शेयरभाउ आगामी दिनमा अझै बढ्ने अपेक्षा गरिएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS