IME Life New

मालिक हुन् त यस्ता ! कर्मचारीलाई बनाए कम्पनीमा साझेदार, उपहारमा दिए कार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको गुजरातका प्रसिद्ध हीरा व्यापारी सावजी ढोलकिया प्रायः चर्चामा रहने गर्छन्। उनी दीपावलीमा आफ्ना कर्मचारीलाई महँगो उपहार दिने गर्छन्। हिजोआज चेन्नईको एउटा आईटी कम्पनीको नाम निकै चर्चामा छ । यो कम्पनीले आफ्ना ५० कर्मचारीलाई महँगो कार उपहार दिएको छ। यतिमात्र होइन आइडियाज टु आईटी टेक्नोलोजी सर्भिसेज प्रालिका मालिक मुरली विवेकानन्दनले ठूलो मन देखाउँदै आफ्ना पुराना कर्मचारीलाई कम्पनीको ३३ प्रतिशत शेयर दिने घोषणा गरेका छन्।

विवेकानन्दनले सन् २००९ मा आफ्नी पत्नीसँग मिलेर यो कम्पनी स्थापना गरेका थिए। यो कम्पनीले फेसबुक, ब्लुमबर्ग, माइक्रोसफ्ट, ओरेकल, मोटोरोलाजस्ता धेरै कम्पनीलाई सेवा प्रदान गर्दछ। विवेकानन्दनले भने, ‘केही कर्मचारी राम्रो र नराम्रो समयमा मसँगै रहे र उहाँहरुको उपकार फिर्ता गर्न चाहनुहुन्छ। कम्पनीको सबै सेयर म र मेरो पार्टनरसँग छ। अब हामीले लामो समयदेखि कम्पनीमा कार्यरत कर्मचारीलाई ३३ प्रतिशत सेयर दिने निर्णय गरेका छौं।’

Crest

यसअन्तर्गत कर्मचारीलाई ५० वटा गाडी पनि उपहार दिइने विवेकानन्दनले जानकारी दिए। विवेकानन्दनले गत वर्ष पनि कर्मचारीहरुलाई उनीहरुको परिश्रमको प्रतिफलस्वरुप १०० वटा कार उपहार दिएका थिए।

आईटी कम्पनीले आफ्ना कर्मचारीलाई कार उपहार दिएको यो पहिलोपटक भने होइन। गत वर्ष फेब्रुअरीमा अहमदाबादको एउटा आईटी कम्पनीले आफ्ना १३ मेहनती कर्मचारीलाई कार उपहार दिएको थियो। हरियाणाको एक औषधि कम्पनीले पनि गत वर्ष दीपावलीमा आफ्ना कर्मचारीहरुलाई टाटा पंच कार उपहार दिएको थियो।

त्यस्तै चेन्नईको कम्पनी चलानी ज्वेलरी मार्टका मालिक जयन्ती लाल च्यायनले आफ्ना कर्मचारीलाई उपहार दिन १ करोड २ लाख खर्च गरेका थिए । उनले १० जना कर्मचारीलाई कार र २० जनालाई बाइक उपहार दिएका थिए । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS