IME Life New

वर्ष २०२३ मा बीवाईडीले बिक्री गर्यो करिब सवा ३० लाख बढी विद्युतीय सवारीसाधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतीय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बीवाईडीले २०२३ को अन्त्यसम्ममा ३० लाख २४ हजार ४१७ विद्युतीय गाडी बेचेको घोषणा गरेको छ। यस माइलस्टोनले बीवाईडीको ६१.८% को वर्ष–दर– वर्ष वृद्धिमात्रै नभएर दिगो साधनहरुको विकासमा बीवाईडीको प्रतिबद्धतालाई पनि देखाएको छ।

वार्षिक मापदण्डमा ४५.०% को वृद्धि देखाउँदै बीवाईडीले डिसेम्बर २०२३ मा, कुल मासिक ३ लाख ४१ हजार ४३ न्यू इनर्जी गाडी (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले बीवाईडीलाई विद्युतीय गाडीको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयोग गरेको छ ।

Esewa
Crest

वर्ष २०२२ मा पनि बीवाईडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै १.८६ मिलियन विद्युतीय गाडी बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नवीन प्रविधि विकासप्रतिको प्रतिबद्धताले नै बीवाईडीलाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाइमा पुर्याएको हो ।

नोभेम्बर २०२३ बीवाईडीको यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतीय गाडी बजारमा लेराई कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ।

बीवाईडीको सफलता यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो। जसले पर्यावरणमैत्री यातायात समाधानहरुका लागि बढ्दो विश्ववायापी मागसँग प्रतिध्वनित गर्दछ। आजको दिनमा कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहँदै उद्योगमै बेन्चमाक्रहरु सेट गरी रहेको छ ।

बीवाईडीले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केही परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ। ३ मिलियनभन्दा बढीको विद्युतीय सवारीसाधनहरुको बिक्री हाम्रो टिमको अथक प्रयास मात्रै नभएर बीवाईडीका उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहक पनि हुन् ।

बीवाईडीको विद्युतीय गतिशीलता र कार्बन फुटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तनसँग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरुसँग समर्थन गर्दछ। कम्पनी उच्च–गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री समाधानको उत्पादनमा दृढ छ। जसले आगामीमा सवारीसाधनको निर्माणमा हेरचाह गरिरहने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS