IME Life New

खारेज भएको क्रिष्टल फाइनान्सले पैसा फिर्ता लिन आउन निक्षेपकर्तालाई बोलायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। खारेज भएको क्रिष्ट फाइनान्सले व्यक्तिगत निक्षेपकर्तालाई पैसा फिर्ता लिन आउन बोलाएको छ।

उच्च अदालत पाटनको आदेशअनुसार स्थापित लिक्विडेटरको कार्यालयले केही निक्षेपकर्ताहरुले पैसा फिर्ता लिन बाँकी रहेकोले लिन आउन सूचना जारी गरेको हो। निक्षेपकर्ताको निक्षेप रकम सुरक्षित रहेकोले प्रमाणसहित स्वयं उपस्थित भई आफ्नो निक्षेप भुक्तानी लिन आउन सूचनामा आग्रह गरिएको छ।

Esewa
Crest

सस्थागत निक्षेपकर्ताहरुलाई असुलीका आधारमा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार समानुतिक हिसाबले निक्षेप भुक्तानी गर्दै आइरहेको पनि सूचनामा जानकारी दिइएको छ।

राष्ट्र बैंकले २०७७ भदौमा क्रिष्टल फाइनान्सको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको थियो। राष्ट्र बैंकले २०५८ फागुनमा दिएको क्रिष्टल फाइनान्सलाई लाइसेन्स दिएको थियो। यो फाइनान्सलाई राष्ट्र बैंकले २०६९ सालमै समस्याग्रस्त घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS