IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको विभिन्न कोषमा रहेको करिब २३ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको २२ करोड ९१ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपमा राख्नेछ।

Esewa
Crest

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १८ करोड ३३ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड ४४ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड १४ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।

आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। आउँदो माघ २ गतेदेखि २०८१ माघ १ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुले पुस १९ गते राति १२ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS