IME Life New

यति एयर खुम्चिंदा श्री एयरको व्यापार चम्कियो, क्षमताको ९० प्रतिशत यात्रु बोक्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीपछि हवाई सेवामा सुधारसँगै निजी क्षेत्रको दोश्रो ठूलो आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलायन्सको व्यापार कम्पनीको व्यापार झण्डै २० प्रतिशतले बढेको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८।७९ को तुलनामा गत आवमा ६८ करोड २० लाख रुपैयाँले यसको आम्दानी बढेको छ ।

इन्फोमेरिक्सका अनुसार आव २०७८।७९ मा श्री एयरलाइन्सले मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँको व्यापार गरेकोमा गत आवमा ४ अर्ब १४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । दुई वर्ष अघिको तुलनामा श्री एयरले आफ्नो कारोबार झण्डै तीन गुणाले बढाएको छ। विशेषगरी लामो दूरीको हवाई उडानका लागि आन्तरिक हवाई यात्रीले श्री एयरलाई रुचाएका छन् । जेट विमानबाट उडान सेवा दिएकाले काठमाडौंदेखि नेपालगञ्ज र काठमाडौं धनगढी रुटमा दुई तर्फी उडानका लागि यात्रीले बढी रुचाएका हुन् । श्री एयरले प्रयोग गरिरहेको जेट विमान टर्बोप्रोप्स जहाजको तुलनामा द्रूत गतीमा उड्ने भएकाले यी दुबै रुटमा हवाई उडानको समय १५ देखि २० मिनेटसम्म छोटिने गरेको छ।

Esewa
Crest

आन्तरिक उडानमा दोश्रो ठूलो हिस्सा ओगट्दै आएको यति एयरलाइन्सको विमान संख्या सँगै यात्री पनि घटेपछि अहिले श्री एयरको व्यापारमा सुधार देखिएको छ। गत वर्ष माघ १ गते पोखरामा ७२ यात्रु बोकेको एटिआर ७२ विमान दुर्घटनामा परेयता यति एयरसँग जहाजको अभाव भएको छ। साथै यात्रीहरुले विकल्पकरुपमा अन्य हवाई कम्पनीमार्फत् उडान गर्न मन पराउन थालेका छन् । यस बाहेक हेलिकप्टर मार्फत् प्रदान गरिने उडान सेवामा पनि माग बढेकाले क्षमता उपयोगिता वृद्धि भएको हो। इन्फोमेरिक्सका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ४ महिनाको अवधिमा श्री एयरको जहाजले यात्रु क्षमताको ९० प्रतिशत उपयोग गर्न पाएको छ। यसको कूल आम्दानीको ८९ प्रतिशत हिस्सा हवाई जहाजबाट र बाँकी ११ प्रतिशत हिस्सा हेलिकप्टर उडान सेवाले ओगटेको छ।

यो कम्पनीको आम्दानीको ठूलो हिस्सा काठमाडौं नेपालगञ्ज रुटले ओगटेकाले व्यापार विस्तारका लागि अन्य रुटमा समेत उडान सेवालाई प्रतिस्पर्धी बनाउन सुझाइएको छ। यो दुई वटा रुटले कूल यात्री संख्याको ४७ प्रतिशत र कूल आम्दानीको ५७ प्रतिशत ओगटेको छ। सन् २०२३ मा टर्बाइन फ्यूलको मूल्य बढ्दा यात्रु बहन क्षमता उपयोगिता ९० प्रतिशतबाट खस्किएर ७२ प्रतिशत पुगेको थियो । हवाई इन्धनको मूल्य वृद्धिसँगै जहाजको टिकट पनि महँगो भएकाले सर्वसाधारण यात्रीहरु स्थल मार्गको बाटो हुँदै आवागमन गर्ने वा ओहोरदोहोर कम गर्ने विकल्प रोज्न बाध्य भएका थिए । इन्फोमेरिक्सका अनुसार चालू आवको पहिलो चार महिनामा यात्रु बहन क्षमता उपयोगिमा पुनः सुधार हुँदै ९० प्रतिशत पुगेको छ।

श्री एयरले काठमाडौं विमानस्थलबाट धनगढी, नेपालगञ्ज, सुर्खेत, विराटनगर, भैरहवा, पोखरा, जनकपुर, भद्रपुरलगायतका देशका प्रखुम १८ गन्तव्यसम्म उडान गरिरहेको छ। यो कम्पनीसँग चार वटा जेट र चार वटा टर्बोप्रोप्स जहाज छ । यसबाहेक हेलिकप्टरतर्फ ६ वटा एमआइ सेभेण्टिन र २ वटा एयरबसको एस थ्रीफिप्टीबाट पनि उडान गरि रहेको छ।

व्यापारी सुधिर मित्तल मुख्य शेयरधनी रहेको यो कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ८५ करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको छ ।  इन्फोमेरिक्सका अनुसार बै‌ंक ऋण प्रयोजनका लागि २ अर्ब ५५ करोड १७ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि आइआरएन डब्बल बि र १ अर्ब ३० करोड ३८ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि आइआरएन एफोर रेटिङ पाएको छ ।

यति एयरले जस्तै श्री एयरलाइन्सले पनि सर्वसाधारणबाट पूँजी जुटाउनका लागि साधारण शेयर जारी गर्ने तयारी गरेको छ। शेयर जारी गर्ने प्रयोजनका लागि यो कम्पनीका मालिक सुधिर मित्तलले आफ्नो स्वामित्वमध्येको ०‍.११ प्रतिशत शेयर अरुको नाममा हस्तान्तरण गरेर लिमिटेड कम्पनीमा रुपान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS