IME Life New

चार अर्बमा निर्माणाधीन भरतपुरको क्यान्सर अस्पताल डेढ वर्षपछि सञ्चालनमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झण्डै चार अर्ब रुपैयाँ लगानीमा भरतपुरमा निर्माणाधीन क्यान्सर अस्पताल १८ महिनापछि व्यवसायीकरुपमा सञ्चालनमा ल्याउने तयारीका साथ द्रूतगतीमा निर्माण भइरहेको छ। रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार निर्माणाधीन न्युटन हस्पिटल प्रालिले आर्थिक वर्ष २०८१।८२ को शुरुवातबाट व्यवसायीकरुपमा सेवा शुरु गर्ने भएको हो ।

क्यान्सर रोग विशेषज्ञ डा. भक्तमान श्रेष्ठ नेतृत्वको समूह अन्तर्गत निर्माणाधीन न्युटन हस्पिटल प्रालि नाम दिइएको यो अस्पतालमा कूल ३५० शैय्या हुनेछ। यीमध्ये १५० शैय्या क्यान्सर रोगका बिरामीको उपचारका लागि छुट्याइनेछ। अस्पताल निर्माणका लागि आवश्यक पर्ने लगानीमध्ये ५३ प्रतिशत रकम शेयरधनीले र बाँकी बै‌ंकिङ ऋणमार्फत् लगानीको तयारी छ। गत म‌ंसिर १५ गतेसम्मको विवरण अनुसार अस्पताल निर्माणको क्रममा वित्तीय प्रगती ३७ प्रतिशत रहेको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार स‌ंस्थापक शेयरधनीले कूल पूँजीको ४२ प्रतिशत रकम लगानी गरि सकेका छन् ।

Esewa
Crest

आठ तल्ले अस्पताल भवनको मुख्य स‌ंरचना निर्माणको काम सम्पन्न भइसकेको छ भने इँट्टाको गारो लगाउने काम ५० प्रतिशत पुरा भएको छ।६ एकड क्षेत्रफलमा फैलिएको यो अस्पताल परिसरमा निर्माणाधीन भवनको सबै तल्लाको कुल क्षेत्रफल ३ लाख ७१ हजार वर्गफुट हुनेछ। शुरुमा सन् २०२२ को मार्च महिनामै सञ्चालनमा ल्याई सक्ने घोषणा गरिएको यो अस्पतालको निर्माण समय लम्बिएको छ। शुरुवातमा ५० करोड रुपैयाँ लगानीको अनुमान गरिएकोमा पछि यसको सुविधा र भौतिक पूर्वाधार लगायतमा परिवर्तनसँगै लगानीको रकम पनि चार गुणा बढेको छ।

अस्पताल आर्थिक वर्ष २०८१।८२ को साउन महिनादेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ। अस्पतालले नवलपरासीमा सहायक अस्पताल सञ्चालनमा ल्याई सकेको छ भने गोरखामा अस्पताल निर्माणाधीन रहेको छ। यी दुबै अस्पतालको सञ्चालनले भरतपुरमा निर्माणाधीन अस्पतालका लागि गम्भीर प्रकृतिका रोगका बिरामी जुटाउने माध्यम हुने अपेक्षा गरिएको छ।

यसबाहेक अस्पतालले व्यवसायीकरुपमा सेवा शुरु गरिसकेपछि बिरामीलाई आकर्षित गर्न सक्ने, शैय्या क्षमताको उपयोग दर, विश्वसनीय नाम र अपेक्षित लाभ हासिल गर्न सक्ने क्षमता अस्पतालको ऋण साखका लागि विचारणीय पक्षहरु हुन् । केयर रेटिङ्गसका अनुसार निर्माणाधीन अस्पताल परियोजनामा तोकिएको समय सीमाभित्रै निर्माण कार्य सम्पन्न गर्ने र प्रभावकारीरुपमा लागत नियन्त्रण गर्न सक्ने नसक्ने जोखिम जोडिएको छ। ठूलो क्षमताको अस्पताल भएकाले व्यवसायीकरुपमा सेवा शुरु हुनु अघिको आवश्यक तयारीका लागि दुई देखि तीन वर्षको समय लाग्नेछ।

निर्माणाधीन अस्पतालमा नारायणी सामुदायीक अस्पतालका सञ्चालकहरुको सहभागिता रहेको छ। ऋण मुक्त रहेको यो अस्पतालको शैय्या क्षमता उपयोगिता दर ७२ प्रतिशत रहेको छ। नारायणी सामुदायीकमा हाल १५० शैय्या छ। न्युटन अस्पताल सञ्चालनमा आएपछि नारायणी सामुदायीक अस्पताललाई समेत न्युटन अस्पतालमै गाभ्ने यसका स‌ंस्थापकहरूको योजना छ । गत आवमा नारायणी सामुदायीकले ४५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २०२० देखि २०२३ सम्मको अवधिमा यो अस्पतालको व्यापार ८ प्रतिशतका दरले बढेको छ। यसको खुद नाफा दर गत दुई आर्थिक वर्षमा २१ प्रतिशत रहेको केयर रेटिङ्गस नेपालले विज्ञप्तीमार्फत् जानकारी दिएको छ।

केयर रेटिङ्गसका अ‍नुसार २ अर्ब ४० करोड रुपैयाँ बै‌ंक ऋण प्रयोजनका लागि गरिएको साख मूल्या‌ंकनमा न्युटन हस्पिटल प्रालिले केयर एनपि डब्बल बि रेटिङ पाएको छ। यो रेटिङले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्नेमा मध्यम स्तरको सुरक्षा रहेको अवस्थालाई इ‌ंगित गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS