IME Life New

भक्तपुरको नलिनचोकमा हेलिप्याडबाट परिक्षण उडान सम्पन्न, यसै आवमा सञ्चालनमा ल्याउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र जहाजको चाप घटाउने उद्देश्यले नागरिक उड्ययन प्राधिकरणले भक्तपुरको नलिन चोकमा हेलिप्याड निर्माण सम्पन्न गरेको छ। प्राधिकरणले २५ करोड रुपैयाँ लागतमा हेलिप्याड सहितको हेलिपोर्ट तयार पारि रहेको छ।

प्राधिकरणका अनुसार हेलीपोर्टका लागि १५ करोड र टर्मिनल भवन निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको थियो । हेलिप्याडको तयार भएसँगै परीक्षण उडान पनि गरिएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । परिक्षण उडान सम्बन्धमा प्राप्त हुने प्रतिवेदनका आधारमा व्यवसायीक उडानका लागि हेलीपोर्ट खुल्ला गरिने प्राधिकरणले जानकारी दिएको छ। टर्मिनल भवन र टावर संरचना निर्माणको काम द्रूत गतिमा भइरहेको छ ।

Esewa
Crest

नव निर्मित हेलिप्याडमा एक पटकमा २६ वटासम्म हेलिकप्टर अटाउन सक्ने क्षमता छ । प्राधिकरणका अनुसार विशेष गरी हिमाल आरोहन, हिमाली दृश्यावलोकन, दुर्गम भेगमा मालसामान ढुवानी र आपतकालीन उद्धारका लागि हेलिकप्टर सेवाको प्रयोग हुँदै आएको छ। हाल नेपालमा तीन दर्जन हेलिकप्टर उड्ने गरेकामा अधिका‌ंश काठमाडौंभित्रै केन्द्रित छन् ।

प्राधिकरणले सूर्यविनायक नगरपालिकाको नलिञ्चोकको ३३ एकड क्षेत्र क्षेत्रफल जग्गामा हवाई इन्धन भण्डारण, अग्नी नियन्त्रका लागि दमकल सेवा, हेलिकप्टर सेवा प्रदायक कम्पनीको उडान व्यवस्थापन कार्यालय, ह्याङ्गरलगायतका सुविधा निर्माण गरि‌ंदैछ।यो हेलिपोर्ट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.२ एरो नटिकल माइल दूरीमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS