Connect IPS
IME Life

२०० डलरबाट सुरु गरे व्यापार, अहिले छन् एलन मस्कको भन्दा ठूलो कम्पनीको मालिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वमा ६ वटा कम्पनीको मात्रै एक ट्रिलियन डलरभन्दा बढीको बजार पुँजीकरण छ। यसमा एआई चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडिया कर्प समावेश छ। यो एक ट्रिलियन डलरको मार्केट क्याप हासिल गर्ने विश्वको पहिलो चिप कम्पनी हो।

एनभिडिया कम्पनी ताइवानमा जन्मेका जेन्सेन हुआङले आफ्नो ३० औँ जन्मदिनमा १९९३ मा स्थापना गरेका थिए। यो कम्पनी मात्र २०० डलरको लगानीसँग सुरु भएको थियो। विश्वमा एआईको चलन तीव्र गतिमा बढिरहेको छ र यसका साथमा सेमीकन्डक्टर चिप्सको माग पनि बढिरहेको छ। योसँगै एनभिडियाको शेयरमा पनि उल्लेख्य वृद्धि भएको छ। आज हुआङ विश्वको शीर्ष धनीमध्ये एक छन्।

Prabhu
Crest

हुआङ ४३.४ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीव्यक्तिको सूचीमा २९ औँ स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति २९.६ अर्ब डलरले बढेको छ। हुआङले एआईले कम्प्युटर क्रान्तिको नेतृत्व गरिरहेको बताउँछन्। यो प्रयोग गर्न सजिलो छ। त्यसैले यो छिटो बढ्दैछ। यसबाट कुनै पनि उद्योग अछुतो रहने छैनन्। संसारभरका कम्पनी च्याटजीपीटीजस्ता जेनेरेटिभ एआई ह्यान्डल गर्न सक्ने थप शक्तिशाली कम्प्युटरतिर फर्किरहेका छन्।

एनभिडियाको स्थापना अप्रिल १९९३ मा भएको थियो। सुरुमा यो कम्पनीले भिडियो गेम ग्राफिक्स चिप्स निर्माण गर्यो। जब कम्पनीको स्टक १०० डलर पुग्यो। हुआङले आफ्नो हातमा कम्पनीको लोगोको ट्याटु बनाए। एनभिडियामा उनको ३.५ प्रतिशत शेयर छ। कोरोना अवधिमा कम्पनीको शेयरभाउमा भारी वृद्धि भएको थियो। क्रिप्टो मूल्य बढ्नुको कारण यसको खननमा चिप्सको प्रयोगमा वृद्धि भएको थियो।

हुआङको जन्म सन् १९६३ मा ताइवानमा भएको थियो। उनको बाल्यकाल ताइवान र थाइल्यान्डमा बित्यो। सन् १९७३ मा आमाबाबुले उनलाई अमेरिकामा आफ्ना आफन्तकोमा पठाए। केही दिनपछि उनी अमेरिका पनि गए।

सन् १९८० मा ओरेगन स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री प्राप्त गरेपछि हुआङले १९९२ मा स्ट्यानफोर्ड विश्वविद्यालयबाट मास्टर डिग्री प्राप्त गरे। त्यसपछि उनले चिप उत्पादन गर्ने कम्पनी एएमडीमा काम गरेका थिए।

विश्वमा एआईको चलन तीव्रगतिमा बढिरहेको छ र यसका साथमा सेमीकन्डक्टर चिप्सको माग पनि बढिरहेको छ। जसका कारण एनभिडिया कर्पोरेसनको शेयरमूल्य निरन्तर बढिरहेको छ। कम्पनीले अक्टोबर त्रैमासिकमा आफ्नो बिक्री १६ अर्ब डलर हुने अनुमान गरेको छ।

एनभिडिया हाल विश्वको छैटौं सबैभन्दा मूल्यवान कम्पनी हो र अमेरिकाको पाँचौं सबैभन्दा मूल्यवान कम्पनी हो। जसको बजार पुँजीकरण ४१.२१० ट्रिलियन डलर रहेको छ। यो कम्पनीको बजार पुँजीकरण मार्क जुकरबर्गको मेटा प्लेटफर्म, एलन मस्कको टेस्ला र वारेन बफेटको बर्कशायर ह्याथवेभन्दा बढी रहेको छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS