IME Life New

प्रभु महालक्ष्मी लाइफले डाक्यो वार्षिक साधारणसभा, हकप्रद शेयर मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा दिउँसो २ बजे हुनेछ।

Esewa
Crest

सभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल कायम चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। पुँजी वृद्धिपश्चात सोहीअनुसारको चुक्तापुँजी कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिने कार्यमा भएका खर्चहरु अनुमोदन गर्नेछ। जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित बनेकाहरुको सहयोगार्थ प्रधानमन्त्री राहात तथा दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको १० लाख रुपैयाँ पनि सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS