IME Life New

निफ्रा र चिलिमे जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति–कति दिँदैछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ५ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि निफ्राले भोलि पुस ६ गते र चिलिमेले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस ५ गतेसम्म कायम शेयरधनीहरुले यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

निफ्राले पाँचौँ वार्षिक साधारणसभा पुस १७ गते काठमाडौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ९ बजे डाकेको छ। सोही सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित ४.२१०५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

यसैगरी चिलिमे जलविद्युतले २७ औँ वार्षिक साधारणसभा पुस २० गते काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बिहान ११ आयोजना गर्दैछ। सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS