IME Life New

बैंकहरुमा निक्षेप खाताको संख्या सवा ५ करोड नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या सवा ५ करोड नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निक्षेप खाताको संख्या ५ करोड २९ लाख १ हजार ३१ पुगेको हो। वाणिज्य बैंकहरुमा मात्रै निक्षेप खाताको संख्या ४ करोड ५३ लाख ९८ हजार २०७ रहेको छ।

Esewa
Crest

यसैगरी विकास बैंकहरुमा ६६ लाख ८४ हजार ४७१ र वित्त कम्पनीहरुमा ८ लाख १८ हजार ३५३ वटा निक्षेप खाता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा खाता भने १८ लाख ४६ हजार ७६४ रहेको केन्द्रीय बैंकले जनाएको छ। जसमा वाणिज्य बैंकहरुमा मात्रै १५ लाख १४ हजार १७६ वटा, विकास बैंकहरुमा २ लाख ९० हजार ४२६ वटा र वित्त कम्पनीहरुमा ४२ हजार १६२ वटा कर्जा खाता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS