IME Life New

तीनवटा सवारीसाधन बिक्री गर्दै हिमालयन लाइफ, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले तीनवटा सवारीसाधन लिलामी प्रक्रियाबाट बिक्रीमा राखेको छ।

कम्पनीले हुन्डाई टक्सन (१९९९ सीसी पेट्रोल), हुन्डाई क्रेटा (१४९७ सीसी पेट्रोल) र मारुती सुजुकी अल्टो (९९८ सीसी पेट्रोल) लिलामीमा राखेको हो। यी गाडीको न्यूनतम मूल्य क्रमशः १ करोड ४ लाख रुपैयाँ, ४० लाख १५ हजार रुपैयाँ र ७ लाख रुपैयाँ तोकिएको छ।

Esewa
Crest

गाडी खरिद गर्न चाहने व्यक्तिले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र कम्पनीको काठमाडौं हात्तीसारस्थित केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

बोलपत्र दाखिला गर्दा आफूले कबोल गरेको अंकको १० प्रतिशतले हुन आउने धरौटी रकम कम्पनीको बैंक खातामा जम्मा गर्नुपर्नेछ। बोलपत्र प्रस्ताव पुस १७ गते कम्पनीको केन्द्रीय कार्यालयमा बोलपत्रदाता र कार्यालयका प्रतिनिधिको रोहबरमा खोलिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS