IME Life New

अदालतको फैसलापछि कुन बैंक/वित्तीय संस्थाले कति तिरे कर ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला सुनाएपछि बैंक तथा वित्तीय संस्थाहरुले एफपीओको प्रिमियम र मर्जरको आम्दानीबापत लाग्ने कर सरकारी खातामा जम्मा गरिदिएका छन्।

महालेखा परीक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असुल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो। तर, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषय बेवास्ता गर्दै आएका थिए।

Esewa
Crest

चालु आर्थिक वर्षको आर्थिक विधेयकमा एफपीओको प्रिमियम तथा मर्जर र प्राप्तिको बार्गेन पर्चेज गेनबापत लाग्ने कर जम्मा गर्न २०८० मंसिर मसान्तसम्मको म्याद दिइएको थियो। सोही म्यादसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाले करबापतको रकम ठूला करदाता कार्यालयमा जम्मा गरेका छन्।

कसले कति तिरे ?

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः १ अर्ब ८९ करोड १९ लाख ४७ हजार ७०९ रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ३ करोड ३ लाख ७४ हजार २२७ रुपैयाँ
  • एनएमबि बैंकः १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ
  • नेपाल एसबिआई बैंकः १ अर्ब ७७ करोड ७ लाख ७ हजार ४४ रुपैयाँ
  • नबिल बैंकः १ अर्ब ६१ करोड ७२ लाख २२ हजार ६७५ रुपैयाँ
  • माछापुच्छ्रे बैंकः १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ
  • कुमारी बैंकः ५ करोड ८१ लाख रुपैयाँ
  • प्रभु बैंकः ५ करोड
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकः ९१ करोड ३२ लाख ९५ हजार ९८०
  • सिटिजन्य बैंकः ८ करोड २० लाख ५ हजार ९८८ रुपैयाँ
  • कामना सेवा विकास बैंकः २ करोड ६२ लाख रुपैयाँ
  • सानिमा बैंकः ६ करोड ५३ लाख ८९ हजार ७५७ रुपैयाँ
  • सांग्रिला विकास बैंकः १ करोड ६३ लाख ६३ हजार ४७२ रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः २७ करोड ४० लाख ९ हजार ६७० रुपैयाँ
  • हिमालयन बैंकः ३० करोड ८९ लाख ८० हजार ७९१ रुपैयाँ
  • हिमालयन बैंक (साबिकको सिभिल बैंक): १ करोड ९१ लाख ७ हजार २९८ रुपैयाँ
  • प्राइम बैंकः २८ करोड ९६ लाख ९६६ रुपैयाँ
  • एनआइसी एसिया बैंकः ४४ करोड ४५ लाख ४३ शजार ६७३ रुपैयाँ
  • एनआइसी एसिया लघुवित्तः १ करोड २३ लाख ७ हजार ८५८ रुपैयाँ
  • सिद्धार्थ बैंकः २१ करोड ८३ लाख ७९ हजार ९३४ रुपैयाँ
  • साना विकास लघुवित्त विकास बैंकः ५ करोड १५ लाख ३५ हजार ३०० रुपैयाँ
  • मुक्तिनाथ विकास बैंकः ४ करोड ८० लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ११ करोड २० लाख रुपैयाँ
  • ज्योति विकास बैंकः २१ लाख रुपैयाँ
  • गरिमा विकास बैकः ३ करोड ६ लाख ९७ हजार ९०८ रुपैयाँ
  • नेपाल बैंकः ९७ करोड ७२ लाख ४८ हजार १५९ रुपैयाँ
  • नेसनल लघुवित्तीय संस्थाः १४ लाख ५५ हजार ३६० रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः ४७ लाख ३८ हजार ७४६ रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ७४ लाख ६२ हजार ९२० रुपैयाँ
  • पोखरा फाइनान्सः ३ करोड ५४ लाख १२ हजार ५५२ रुपैयाँ
  • ग्लोबल आइएमइ लघुवित्तः १ करोड ४६ लाख ४६ हजार ७९३ रुपैयाँ
  • लुक्ष्मी लघुवित्तः ४४ लाख १६ हजार ९६ रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः ४७ लाख ३८ हजार ७४६ रुपैयाँ
  • स्वोरोजगार लघुवित्तः ६४ लाख ३ हजार ८९१ रुपैयाँ
  • नाडेप लघुवित्तः ९४ लाख ३ हजार २९३ रुपैयाँ
  • श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीः १ करोड ६५ लाख ३३ हजार २७९ रुपैयाँ
  • मिर्मिरे लघुवित्तः १ करोड ३७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १ करोड ५२ लाख ८१ हजार २५६ रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS