IME Life New

युनिक नेपाल लघुवित्तको साधारण सभा र बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते, मंगलबार पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा कोहलपुर नगरपालिका, होटल सेन्ट्रल प्लाजा, बाँकेमा बिहान १० बजे गर्ने जनाएको छ ।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Esewa
Crest

लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश पाउन सक्नेछन्।

1702780690407 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS