IME Life New

नेपाल फाइनान्सको वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कान्तिपथस्थित होटेल एल्लो प्यागोडामा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न उचित देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसँगै वित्तीय विवरण पनि स्वीकृत गर्नेछ। सभाले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश भने प्रस्ताव पेस गरिने छैन।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ६ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS