IME Life New

कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि पुसका लागि घटाए ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पुसका लागि ब्याजदर घटाएका छन्।

दुवै बैंकले आज पुस महिनामा लागू हुने ब्याजदर घटाएर प्रकाशित गरेका हुन्। कुमारी बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ०.७० प्रतिशतको विन्दुमा घटाएको छ। स्ट्यान्डर्ड चार्टर्डले पनि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा ०.४१ प्रतिशतको विन्दुले घटाएको छ भने संस्थागततर्फको अधिकतम ब्याजदर भने स्थिर राख्दै ५.२५ प्रतिशत नै कायम गरेको छ।

Esewa
Crest

कुमारी बैंकले पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.३१ प्रतिशत र संस्थागत ७.३१ प्रतिशत कायम गरेको छ। मंसिरमा क्रमशः १०.०१ प्रतिशत र ८.०१ प्रतिशत थियो।

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ८.५६ प्रतिशत कायम गरेको छ। मंसिरमा यस्तो ब्याजदर ८.९७ प्रतिशत थियो।

यसअघि एनआईसी एसिया बैंकले पुसका लागि ब्याजदर घटाएको सूचना प्रकाशित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS