काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्जमा नेपाल एसबिआई बैंकको शेयर मूल्य समायोजन भएको छ । यस बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको ३ दशमलव ७५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ३१० रुपैयाँ ३६ पैसा कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्य ३२२ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो । अब आइतवार यही मुल्यलाई आधार मानी बैंकको शेयर कारोबार खुल्नेछ ।