IME Life New

फरवार्ड माइक्रोफाइनान्समाथि नेप्सेको कारबाही, शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाभांश निर्णयसम्बन्धी जानकारी कारोबार समयमा पठाएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको छ।

नेप्सेको आजको निर्णयबाट फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। मंसिर २७ गते बुधबार बसेको सञ्चालक समितिले लाभांशसम्बन्धी गरेको निर्णय भोलिपल्ट मंसिर २८ गते कारोबार समयमा पठाएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो।

Esewa
Crest

नेप्सेले लाभांशसम्बन्धी निर्णय ढिला गरी पठाउनुको कारणबाट स्पष्ट पार्न संस्थालाई निर्देशन दिएको छ।

फरवार्ड माइक्रोफाइनान्सको सञ्चालक समितिले आर्थिक वर्ष २०७९÷८०को वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यो निर्णयसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS