काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
मंसिर २४ गते सूचना जारी गर्दै कम्पनीले ३५ दिनभित्र आवेदन पेश गर्न आव्हान गरेको हो । प्रतिकित्ता ३४८ रूपैयाँ मूल्य तोकेर यी शेयर विक्रीमा ल्याइएको हो ।
यी शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीहरूले मङ्सिर २४ गतेपछि प्रस्ताव हुने हकप्रद शेयर र बोनश शेयर तथा लाभांश प्राप्त गर्ने जनाएको छ ।