IME Life New

मर्जर र एफपीओको कर विवादः सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जर र एफपीओको कर विवादसम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतलको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ।

प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलाशमा यो मुद्दाको सुनुवाइ भइरहेको छ। सर्वोच्चमा हिजो पनि यो मुद्दामाथि सुनुवाइ भएको थियो। तर, समय अभावमा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

Esewa
Crest

गत मंसिर ६ गते सर्वोच्च अदालतले यो मुद्दालाई पूर्ण सुनुवाइका निम्ति पेस गर्ने आदेश दिएको थियो।

चालु आर्थिक वर्ष २०८०÷८१ को आर्थिक विधेयकमा आएको एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकबाहेक अन्य १६ वाणिज्य बैंकले सर्वोच्च अदालतमा संयुक्त रिट दायर गरेका छन्।

सर्वोच्चमा ७ वटा वाणिज्य बैंकले संयुक्त रुपमा प्रिमियममा एफपीओ निष्कासन गर्दाको आयमा कर लिने व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका छन्। मर्जर तथा प्राप्ति प्रक्रियामा गएका १५ वटा वाणिज्य बैंकले संयुक्त रुपमा मर्जरको बार्गेन पर्चेज गेनमा लगाइएको करको व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका छन्।

यसैगरी प्रिमियममा एफपीओ निष्कासन गरेका नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सर्वोच्च अदालतले बैंक र इन्स्योरेन्सले दायर गरेका मुद्दालाई एकसाथ सुनुवाइ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS