IME Life New

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासमै कमजोर, आजको विनिमय दर कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा आज मंसिर २८ गते इतिहासमै कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंकले आजका तय गरेको विनिमय दरअनुसार १ डलरको बिक्रीदर १३३.७५ रुपैयाँ र खरिददर १३३.१५ रुपैयाँ कायम भएको छ। योसँग अब १ डलरको खरिदमा १३३.७५ रुपैयाँ तिर्नुपर्नेछ। यो दर हालसम्मकै उच्च हो।

Crest

यसअघि मंसिर १५ गते १ डलरको बिक्रीदर १३३.७४ रुपैयाँ र खरिददर पनि १३३.१४ रुपैयाँ थियो। जुन हालसम्मकै उच्च थियो। यो रेकर्ड ब्रेक भएको छ।

नेपाल र भारतीय रुपैयाँबीच स्थिर विनियम दर रहेको छ। पछिल्लो समय डलरको तुलनामा भारु कमजोर बनिरहेको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली मुद्रामा पनि परेको छ।

नेपालजस्तो आयातमुखी देशलाई डलरको भाउ बढ्दा व्यापार घाटा झनै बढ्दै जान्छ। वैदेशिक ऋणको लागत पनि बढ्छ। विदेशबाट रेमिट्यान्स पठाउनेलाई भने डलरको भाउ बढ्दा फाइदा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS