IME Life New

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासमै कमजोर, आजको विनिमय दर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा आज मंसिर २८ गते इतिहासमै कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंकले आजका तय गरेको विनिमय दरअनुसार १ डलरको बिक्रीदर १३३.७५ रुपैयाँ र खरिददर १३३.१५ रुपैयाँ कायम भएको छ। योसँग अब १ डलरको खरिदमा १३३.७५ रुपैयाँ तिर्नुपर्नेछ। यो दर हालसम्मकै उच्च हो।

Esewa
Crest

यसअघि मंसिर १५ गते १ डलरको बिक्रीदर १३३.७४ रुपैयाँ र खरिददर पनि १३३.१४ रुपैयाँ थियो। जुन हालसम्मकै उच्च थियो। यो रेकर्ड ब्रेक भएको छ।

नेपाल र भारतीय रुपैयाँबीच स्थिर विनियम दर रहेको छ। पछिल्लो समय डलरको तुलनामा भारु कमजोर बनिरहेको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली मुद्रामा पनि परेको छ।

नेपालजस्तो आयातमुखी देशलाई डलरको भाउ बढ्दा व्यापार घाटा झनै बढ्दै जान्छ। वैदेशिक ऋणको लागत पनि बढ्छ। विदेशबाट रेमिट्यान्स पठाउनेलाई भने डलरको भाउ बढ्दा फाइदा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS