IME Life New

बंगलादेशमा बैंकास्योरेन्स सेवा शुरू गर्न केन्द्रीय बैंकको हरियो झण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब‌ंगलादेशमा बीमामा सर्वसाधारणको पहुँच बढाउनका लागि केन्द्रीय बै‌ंकले बैंकास्योरेन्स सेवाका लागि इजाजत प्राप्त बै‌ंकहरूलाई स्वीकृति दिएको छ। ब‌ंगलादेश बैंकले  बैंकास्योरेन्स निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुसँग साझेदारी गरेर बै‌ंकले समेत बीमा अभिकर्ताको हैसियतबाट बीमालेख बिक्री गर्न सक्ने बाटो खुलाई दिएको हो ।

द विजनेश स्टाण्डर्डका अनुसार केन्द्रीय बै‌ंकको निर्णय लागू गर्न लागि बीमा उद्योगको नियामक बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरएआइ) बाट बीमा कम्पनीले लिखित स्वीकृती पर्खनुपर्नेछ। बैंकास्योरेन्स राष्ट्रिय बीमा दिवस अर्थात् आगामी मार्च १ तारेख देखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ। बीमा नियामकले यो नयाँ बीमा वितरण प्रणालीलाई अभ्यासमा ल्याउनका लागि शुरुवातमा केही समय लाग्ने प्रतिकृया दिएको छ ।

Esewa
Crest

बैंकास्योरेन्स अन्तर्गत बीमा कम्पनीका लागि संस्थागत अभिकर्ताको हैसियतमा काम गर्दै बै‌ंकहरूले आफ्नो शाखा कार्यालयहरुमार्फत् आफ्ना ग्राहकलाई सीमित प्रकारका बीमालेखहरु बिक्री गर्छन् ।

बीमा प्रवेशको हिसाबले निकै पछाडि रहेको बंगलादेशले पनि अन्य देशमा लोकप्रिय बीमा उत्पादन वितरण प्रणालीलाई अपनाउन चाहेको छ । एक दशकको वार्तापछि नियामक, सरकार र उद्योगीले यस वर्षको मध्यमा बैंकास्योरेन्सको ढाँचालाई अन्तिम रूप दिएका थिए । तीन प्रमुख निर्जीवन बीमा व्यवसायहरू – समुद्री जहाज, समुद्री मालसामान, र अग्नि बीमालाई बैंकास्योरेन्सबाट बाहिर राखिएको छ। यो बीमाले निर्जीवन बीमा कम्पनीको कूल ८० प्रतिशत हिस्सा ओगटेको छ।

३ डिसेम्बरमा अर्थ मन्त्रालयले बंगलादेश बैंक र इद्रालाई बैंकास्योरेन्स छिट्टै सुरु गर्न आवश्यक कदम चाल्न पत्राचार गरेको थियो । बैंकास्योरेन्सको मस्यौदा निर्देशन अनुसार एक बीमाकले आफ्नो स‌ंस्थागत अभिकर्ताकारूपमा तीनवटा बैंक राख्न सक्नेछ।र एक बैंकले पनि तीनवटासम्म बीमा कम्पनीको एजेन्ट हुन सक्नेछ।

बंगलादेशभरि ११,२०० भन्दा बढी बैंक शाखाहरू छन्, र तिनीहरूले देशमा बीमाको लोकप्रियता बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS