IME Life New

विश्वका अर्बपतिहरुको पहिलो रोजाइ बन्यो आबुधाबी, यसकारण विस्तार गर्दैछन् कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूएईको आबुधाबी सहर विश्वका अर्बपतिहरुको कारोबारका लागि पहिलो गन्तव्य बनेको छ।

विश्वका अधिकांश अर्बपतिहरुले आफ्नो कारोबार आबुधाबीमा विस्तार गर्न थालेका छन्। यसअघि चीन अर्बपतिहरुको कारोबारको केन्द्र थियो। विदेशी लगानीकर्ता अहिले चीनबाट आफ्नो कारोबार धमाधम आबुधाबीमा स्थानान्तरण गर्न थालेका छन्।

Esewa
Crest

विश्वका अर्बपतिहरुको आकर्षण बढ्न थालेपछि यो वर्ष आबुधाबीमा स्पेसल पर्पस इन्टाइटी (एसपीई) स्थापित गरिरहेको छ। एसपीई फाइनान्सियल रिस्क कम गर्नका लागि मूल्य कम्पनीद्वारा स्थापित सहायक कम्पनी हो। यसलाई होल्डिङ कम्पनी पनि भनिन्छ।

वेल्थ एडभाइजरी फर्मका अनुसार वर्ष २०१६ मा ४६ को तुलनामा अहिले ५ हजारभन्दा बढी एसपीई आबुधाबी ग्लोबल मार्केटमा मौजुदा छन्।
सन् २०२३ मा अस्ट्रेलिया, सिंगापुर, अमेरिका र स्विट्जरल्यान्डजस्ता देशबाट ४५ हजार अर्बपति आबुधाबीमा कारोबार गरिरहेका छन्।

आबुधाबी अर्बपतिहरुको रोजाइमा पर्नुको मुख्य कारण ट्याक्स रेट रहेको विज्ञहरु बताउँछन्। ट्याक्स रेट कम भएकै कारण अर्बपतिहरुले आफ्नो कारोबार आबुधाबीमा विस्तार गरिरहेको उनीहरुको भनाइ छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS