IME Life New

विदेशी विनिमय कारोबारको इजाजतपत्र लिन बैंकहरुले रु. ५ लाख शुल्क तिर्नुपर्ने (संशोधित विनियमावलीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न ५ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा संशोधन गरेको हो। संशोधित विनियमावलीअनुसार बैंकहरुले विदेशी विनियम कारोबारको इजाजतपत्र प्राप्त गर्न वाणिज्य बैंकहरुले एकमुष्ठ ५ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

यसैगरी राष्ट्रियस्तरका विकास बैंकले यस्तो इजाजतपत्र प्राप्त गर्न एकमुष्ठ १ लाख रुपैयाँ र प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरुले एकमुष्ठ २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

विनियम ४ बमोजिम पर्न आएको निवेदन उपर छानबिन गरी उपयुक्त देखिएमा बैंक तथा वित्तीय संस्थालाई विदेशी विनिमय कारोबारको लागि अनुसूची–२ बमोजिमको ढाँचामा विभागले सम्पूर्ण स्थानका लागि राष्ट्र बैंकले एउटै इजाजतपत्र प्रदान गर्नेछ । यस प्रकारको इजाजतपत्र प्रदान गर्दा भौतिक पूर्वाधारको स्थलगत निरीक्षण आवश्यक नपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

राष्ट्रियस्तरबाहेकका वित्तीय संस्थालाई आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागबाट त्यस्तो इजाजतपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रका आधारमा आफ्ना शाखा तथा एक्सटेन्सन काउण्टरहरूबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन्। बैंकका सम्पूर्ण शाखाहरूले कम्तिमा पनि विदेशी मुद्रा खरिदको कारोबार गर्नुपर्नेछ।

वित्तीय संस्थाले विदेशी विनिमयको कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टर तोकी त्यस्ता शाखा तथा एक्सटेन्सन काउन्टरबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन्।

FXMD_Circular-04FX-Transaction-Licensing-and-Inspection-Bylaw-2077_second-Amendment.2080.81

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS