IME Life New

कर प्रावधानले भारतीय जीवन बीमा कम्पनीको बीमाशुल्क आम्दानी २५ प्रतिशतले खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमामा कर सम्बन्धी नयाँ प्रावधानका कारण भारतीय जीवन बीमा व्यवसायमा पनि समस्या देखा पर्न थालेको छ। निर्जीवन बीमा व्यवसायले गत नोभेम्बर महिनामा ३ प्रतिशतको सामान्य वृद्धि हासिल गरेपनि जीवन बीमा व्यवसायमा २५.२८ प्रतिशतले उल्लेख्य गिरावट आएको छ।

लाइफ इन्स्योरेन्स काउन्सिलका अनुसार सन् २०२२ को नोभेम्बरमा ३४ हजार ५८८ करोड भारतीय रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गरेका भारतीय जीवन बीमकले नोभेम्बर महिनामा जम्मा २६ हजार ४९४ करोड भारु आर्जन गरेका छन् । भारतीय जीवन बीमकका अनुसार सामूहिक जीवन बीमा व्यवसायवापतको प्रथम् बीमाशुल्क आम्दानीमा आएको गिरावटसँगै चालू आवको बजेट वक्तव्यमार्फत् जीवन बीमामा कर सम्बन्धि प्रावधानमा परिवर्तनले सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगम (एलआइसी) र निजी जीवन बीमकको बीमाशुल्क आम्दानी खस्किएको हो ।

Esewa
Crest

काउन्सिलले जारी गरेको तथ्याङ्क अनुसार निजी क्षेत्रको जीवन बीमककाे प्रथम् बीमाशुल्क आम्दानी ९.३३ प्रतिशतले घटेर ११ हजार ४२६ करोड भारुबाट १० हजार ३६० करोड भारुमा सीमित भएको थियो । यसैगरी एलआइसीको बीमाशुल्क आम्दानी ३२.८६ प्रतिशतले घटेर २४ हजार ३२ करोड भारुबाट खस्किएर १६ हजार १३४ करोड भारुमा सीमित हुन पुगेको छ। एलआइसीको सामूहिक बीमाशुल्क आम्दानी समेत ३७.४८ प्रतिशतले गिरावट आएर ११ हजार ६४९ करोड भारुमा सीमित भएको छ।एलआइसी एक्लैको सामूहिक जीवन बीमा कारोबारमा आएको गिरावटले सम्पूर्ण जीवन बीमा उद्योगकै सामूहिक जीवन बीमा व्यवसायको आँकडालाई नकारात्मक प्रभाव पारेको छ । काउन्सिलका अनुसार समग्र जीवन बीमा उद्योगको सामूहिक बीमा व्यवसाय ३४.०२ प्रतिशतले खुम्चिएर १४ हजार ७३५ करोड भारुमा झरेको छ।

चालू आर्थिक वर्ष २०२३-२४ को बजेट वक्तव्यमार्फत् भारतको अर्थ मन्त्रालयले वार्षिकक पाँच लाख रुपैयाँभन्दा माथिको बीमाशुल्क किस्ता भुक्तानी गर्ने गरी जारी गरिएका जीवन बीमामा कर लागू गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS