IME Life New

कुमारी बैंकले परिमार्जन गर्दै घटायो मंसिरको ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले मंसिरका लागि लागू गरिएको ब्याजदरमा परिमार्जन गरेको छ।

कुमारी बैंकले एक सूचना प्रकाशित गर्दै मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदरमा परिमार्जन गरेको छ। बैंकले मंसिरका लागि लागू ब्याजदर परिमार्जन गर्दै घटाएको छ।

Esewa
Crest

यसअघि कुमारी बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी कात्तिकै ब्याजदरलाई निरन्तरता दिएको थियो। कात्तिकमा कुमारी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याज दिएको थियो। सोही ब्याजदरलाई बैंकले मंसिर महिनामा पनि कायम राखेको थियो।

बैंकले अब भने व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.६१० प्रतिशत र संस्थागतमा ७.६१० प्रतिशत ब्याज दिने भएको छ। यो हिसाबले कुमारी बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.४ प्रतिशतको विन्दुले घटाएको छ।

यसैगरी बैंकले मंसिर २४ गतेदेखि लागू हुने गरी साधारण बचतको अधिकतम ब्याजदर घटाएर ६.७१० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो ब्याजदर ७.५१० प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS