IME Life New

स्वस्तिक लघुवित्तद्धारा लहानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्तको भोटियाटोल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार लहानमा स्थित जेएसमुरारका बहुमुखि क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । तालिममा ७० जना भन्दा बढि विद्यार्थीहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा सोही क्याम्पसका सहायक प्रमुख सजन कुमार साह तथा स्वस्तिक लघुवित्तका विभागीय प्रमुखहरु भगवानी साह, सन्तोष कुमार साह र रमेश लाल कर्णको उपस्थिति रहेको भोटियाटोल शाखाका शाखा प्रमुख स्वतन्त्र कुमार सिंहले जानकारी दिए ।

Esewa
Crest

धनिवर्गीय परिवारको जीवन शैलीसँग प्रभावित भई मध्यमवर्गीय परिवारले पनि आफनो जीवनमा अनावश्यक खर्चहरु गर्न थाल्दा के कस्ता वित्तीय समस्याहरु पर्छ साथै आफनो जीवनमा वित्तीय व्यवस्थापन कसरी गर्ने, बैंक तथा वित्तीय संस्थाहरुसँग आर्थिक कारोबार कसरी गर्ने, कर्जाको किस्ता समयमा भुक्तानी नगर्दा परिवारमा के कस्ता समस्याहरु पर्छ जस्ता बिषयवस्तुमा वित्तीय साक्षरता कार्यक्रम गरिएको संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS