IME Life New

बैंकिङ प्रणालीबाट लगातार पैसा तान्दै राष्ट्र बैंक, आइतबार फेरि २० अर्ब खिच्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ।

केन्द्रीय बैंकले आउँदो आइतबार (मंसिर २४ गते) फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । यसका लागि आइतबार दिउँसो २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। ७ दिने यो निक्षेप संकलन उपकरणको पुस १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। योसँगै राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न मंसिरमा मात्रै आठौँपटक यो उपकरण प्रयोग गर्न लागेको हो।

Esewa
Crest

राष्ट्र बैंकले आज पनि निक्षेप संकलन उपकरण प्रयोग गर्दै २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। यसको आज १२ बजे बोलकबोल गरिएको थियो।

यसअघि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले मंसिर २१ २५ अर्ब रुपैयाँ, मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS