IME Life New

विदेशी मुद्रा सञ्चिति मौद्रिक नीतिको लक्ष्यभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखेको लक्ष्यभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको देखिन्छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाबाट यस्तो देखिएको हो। कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८० असोज मसान्तमा १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम रहेको देखिएको छ। जुन लक्ष्यभन्दा ३.३ महिनाले बढी हो।

Esewa
Crest

मौद्रिक नीतिको कार्यदिशा र विप्रेषण आप्रवाहमा आएको सुधारका कारण शोधनान्तर बचत कायमै रहेकोले विदेशी विनिमय सञ्चिति वृद्धि भइरहेको राष्ट्र बैंकको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS