IME Life New

नेपाल एसबीआई बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंकले ३० औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १३ गते गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थि वर्ष २०७९÷८० का लागि प्रस्तावित ३.७५५ बोनस सेयर र ६.८०५ नगद गरी कुल १०.५५५ लाभांश अनुमोदन गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुन भएकोले सोहीबमोजिमा नियमावली र प्रबन्धकपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिले दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS