IME Life New

सातौँपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंक, भोलि फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब तान्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न भोलि बिहीबार फेरि २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले मंसिर महिनामा अहिलेसम्म सातौँपटक निक्षेप संकलन उपकरण प्रयोग गरी फेरि २५ अर्ब रुपैयाँ तान्न लागेको हो।

यो निक्षेप संकलन उपकरणको बोलकबोल भोलि दिउँसो २ बजे गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। १४ दिने यो निक्षेप संकलन उपकरणको पुस ६ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ।

Esewa
Crest

राष्ट्र बैंकले आज बिहीबार पनि १४ दिने निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट आज बुधबार फेरि २५ अर्ब रुपैयाँ तान्नेको छ। यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

भोलि जारी हुने निक्षेप संकलन उपकरणसहित राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS