IME Life New

एनसेलको शेयर खरिदबिक्री प्रकरण: छानबिन समिति गठन, प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले एनसेलको सेयर खरिदबिक्री प्रकरणको अध्ययन गर्न छानबिन समिति गठन गरेको छ।

सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री शेखा शर्माका अनुसार पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिको सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्।

Esewa
Crest

यो समितिलाई एनसेलका शेयर खरिदबिक्रीबारे अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको शर्माले बताइन्।

उता एनसेलले आज एक विज्ञप्ति जारी गर्दै ८० प्रतिशत शेयर किनेको स्पेक्ट्रलाइट यूके प्रतिस्पर्धाबाट छानिएको दाबी गरेको छ। शेयर खरिदबिक्रीमा कुनै कर तिर्नुपर्ने भएमा कानुनको पालना गर्ने एनसेलले जनाएको छ।

अपारदर्शी, शंकास्पद र कर छली गर्ने उद्देश्यले एनसेलको शेयर खरिदबिक्री भएको छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो । एनसेलले विज्ञप्तिमार्फत आजियाटाले पारदर्शिता सुनिश्चित गरिएको दाबी गरेको छ। ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी)मा रहेको आफ्नो शेयर बिक्रीका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो’, विज्ञप्तिमा भनिएको छ।

शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेतामार्फत निर्धारण गरिएको विज्ञप्तिमा दाबी गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS