IME Life New

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता प्रतापसिंह थापालाई पुरस्कार रकम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत विजेता बैतडीका प्रताप सिंह थापालाई पुरस्कारबापतको रकम हस्तान्तरण गरिएको छ।

स्थानिय डिलरदाइ ध्वजबहादुर थलालको समन्वयमा बैतडीको देहीमाण्डौमा एक कार्यक्रमको आयोजना गरी थापालाई दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्कका तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जोशीले नगद १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो।

Esewa
Crest

कार्यक्रममा मेयरका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सूर्यबहादुर थापा, सदस्य रजबहादुर बोहरा, वडा नं. ३ का अध्यक्ष अजवबहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष विष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरीचौकी प्रमुख चेतु खड्कालगायतका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुको उपस्थिति थियो।

डिशहोमले दसैँतिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो। उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकलाई धन्यवाद दिँदै कम्पनीले हरेक हप्ता नगद १ लाख रुपैयाँ जित्न सफल सबै विजेतालाई बधाइ दिएको छ। निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजना ल्याउने र यस किसिका योजनाबाट ग्राहकले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS